दफा २१
भित्री तवरबाट ठेक्का लिने व्यक्तिको दायित्व

कुनै व्यक्तिले आफू देखा नपरी अर्को कुनै व्यक्तिलाई अघि सारी भित्री तवरबाट सरकारी ठेक्का लिन वा चलाउन हुँदैन । कसैले लिए वा चलाएमा निजलाई सो ठेक्कामा कबूल गरिएको जम्मा रूपैयाँको सयकडा दशका दरले जरिवाना गरी ठेक बाँकी भए निजबाट समेत असुल उपर गरिनेछ ।